गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको ।
सत्यवति गाउँपालिकाको लिम्घामा एकै घरका ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना बालक सन्दीप बिक मामाघरमा गएकाले जिवितै रहेको बताइएको छ ।
सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् । सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अबिल वर्षातले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् ।

सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम