पोखरा । उमेर ३६ वर्ष, युवा जोश, उमेर अनुसारको रिस । त्यतिबेलाको कुकर्मको फल अब ५६ वर्ष हुँदा भोग्नुपर्ने भएको छ कास्की घान्द्रुकका कुमार गुरुङले । हत्या गरेको २० वर्षपछि उनले सजाय भोग्नेछन् । जिल्ला प्रहरी कार्यालय कास्कीले कुमारलाई लुकीछिपि बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।
घटना विवरणः
मिति २०५६ माघ ४ गते साझँ साढे ६ बजेको समयमा साबिक जिल्ला कास्की घान्द्रुक गा.बि.स. वडा नं.७ (हाल अन्नपूर्ण गा.पा. वडा नं. ११) बस्ने बर्ष ३१ को मन प्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाएकोमा मनको भोलिपल्ट मृत्यु भयो । हत्या गर्ने तत्काल बर्ष ३६ (हाल ५६ बर्ष) का कुमार गुरुङले हंगकंग आइडीको विषयमा विवाद भएपछि धारिलो हतियार प्रहार गरेका थिए । मृतकका बुबा धनकाजी गुरुङले जाहेरी दिई प्रहरीले घटना अनुसन्धान शुरु गरेको थियो ।
घटना लगत्तै कुमार फरार भई म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेको र २ बर्ष पछि भारत तर्फ गई कामकाज गरि उतै बसेका थिए । करिब १४ बर्ष भारत बसी केही बर्ष अगाडि बाबुको मृत्यु भएपछि घर फर्केर कास्की जिल्ला कै बिभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । उनलाई साउन ५ गते आइतबार कास्की अन्नपूर्ण गा.पा. वडा नं. ११ बाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
कर्तब्य ज्यान मुद्दामा कुमारलाई प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको कार्य अगाडी बढाइएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो