दमौली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको हो ।
नेकपा तनहुँको इन्चार्जमा हरिबहादुर चुमान चयन भएका छन् । चुमान गण्डकी प्रदेश प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् । त्यसैगरि तनहुँ जिल्लाको सह-इन्चार्जमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ(पिएल) चयन भएका छन ।
४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ । प्रधानमन्त्री निवास बालुवाटार आइतवार अपरान्ह बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन गर्ने सन्दर्भमा इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको बैठकपछि नेकपा नेता बामदेव गौतमले बताए ।
साबिक एमाले र माओवादीका जिल्ला इन्चार्जहरुलाईनै इन्चार्ज र सहइन्चार्जको भूमिका दिइएको र कतिपय जिल्लामा नयाँले जिम्मेवारी पाएको बताइएको छ । पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ । विभागहरुको सन्दर्भमा भने छलफल अझै आवश्यक परेको नेताहरुले बताएका छन् ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम