शनिबार राति पोखराको विजयपुर खोलाको डाइभर्सनमा फेरि क्षति पुग्यो । दुई साता अघि जस्तो पाइप नै बगाउने गरी क्षति पुगेको भने होइन । पाइप माथिका ग्राभलिङ माटो बगाएकाले सवारी आवागमनमा असर पुगेको थियो ।
बिहान २ घण्टा जति स्काभेटर प्रयोग गरेर डाइभर्सनको बाटो बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सई जीतजंग कार्कीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुर खोलाको डाइभर्सनमा शनिबार राती आएको बाढीले क्षति पुगेको हो । डाइभर्सन भन्दा माथिसम्म बाढी पुग्दा मालबाहक सवारी साधनहरुको आवागमन ठप्प बन्यो । तर, अहिले ट्रक व्यवसायीहरु पनि आन्दोलनमा रहेका कारण सवारी कम चलेकाले ठूलो समस्या आइनलागेको कार्कीले बताए ।
विजयपुर पुलको फलाम चर्किएका कारण १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको थियो ।
विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।
पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएको छैन ।
http://gandaknews.com/bijaypur-pul-diversion/
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो