काभ्रे : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार ‘श्री ५’ नभएको, पत्रकारलाई पनि कानुन लाग्ने टिप्पणी गरेका छन्। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले भने, ‘पत्रकारलाई कानुन नै नलाग्ने व्यवस्था कहीँ पनि छैन, पत्रकारचाहिँ श्री ५ हो र ?’
आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कुरा बुझेपछि पत्रकार महासंघले आन्दोलन फिर्ता फिर्ता लिएको बताए। मन्त्री बाँस्कोटाले भने, – ‘म पनि त्यहीँबाट आएको हुँ, पत्रकारले मिडिया विधेयकविरुद्ध लालटिन जुलुस गरे। अहिले कुरा बुझेर आन्दोलन फिर्ता लिए।’
‘विप्लव समूहलाई एक रुपैयाँ नदिनू’
बाँस्कोटाले उद्योगी व्यापारीहरूलाई विप्लव समूहका नाममा चन्दा नदिन पनि आग्रह गरे। विप्लवको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरूको समेत भएको उनको भनाई छ। ‘विप्लव समूहलाई एक रुपैयाँ नदिनू। धम्की दिए सडकमा जानुहोस्’, उनले भने, ‘सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की नआए के आउँछ त ?’
सरकार पुरानो प्रणालीबाट नयाँमा जान चाहेकाले अहिले सरकारका काममा अलमलजस्तो देखिएको उनले दाबी गरे। सरकारले भारतबाट आयात गर्ने तरकारीमा विषादी चेकजाँचबारे तयारी नपुगेको स्वीकारे।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम