हिंस्रक जन्तु जस्तै बाघ, भालु, चितुवा मानब बस्तीमा पसेमा के गर्ने ? कि धपाउने ? कि त नियन्त्रणमा लिने । दुर्लभ तथा लोपोन्मुख जनावर मार्नु त कानुनतः नै दण्डनीय छ । मानव क्षति हुन लागेमा मात्रै तत्कालिन समयमा मार्न सक्दछन् ।
त्यसको लागि भरपर्दो माध्यम नै टेलइन्जेक्ट डार्टगन हो । जसलाई डार्टिङ पनि भनिन्छ ।जसले जनावलाई बेहोस बनाउँछ । बुधबार साँझ पोखरा १६ चिप्लिकुनामा रहेको एक कुखुरा फार्ममा पसेको चितुवालाई पनि टेलइन्जेक्ट डार्टगनबाट नै बेहोस बनाई नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनबाट भेटेरीनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा वन्यजन्तु प्राविधिक तीर्थ लामा सहित चार जनाको टोलीले चितुवालाई टेलइन्जेक्ट डार्टगन प्रयोग गरी नियन्त्रणमा लिए । त्यसपछि, चितुवालाई पोखरामा निर्माणधिन पोखरा जुलोजिकल पार्कमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा लगियो । आँखामा चोट लागेको पोथी प्रजातिको लगभग ४ वर्षको चितुवालाई अहिले सो ठाउँमा रेखदेख गरिएको छ ।

तस्विरः तीर्थ लामा
सम्बन्धित समाचार
http://gandaknews.com/chituwa-2/





सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
अर्जुनचौपारीमा कफी कृषकलाई नगद अनुदान
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर