तीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष क्रमशः सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, जीर्ण र खाल्डा सडकका कारण सवारी दुर्घटना बढ्दै गएको हो । यस्तै, जथाभावी बाटो काट्ने प्रवृत्ति, जेब्रा क्रसको प्रयोग नगर्नुलगायतका कारणले सवारी दुर्घटना बढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक जितजंग कार्कीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा ८२ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६९ दुर्घटना भएका थिए । जसमा ४७ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा नियमविपरीत चलाइएका ६४ हजार २ सय सवारी कारबाहीमा परे । आर्थिक वर्ष २०७४/७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीले गएको आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा झन्डै ३ हजार सवारी साधनमा ह्वील तथा चेन लक लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी कार्कीका अनुसार १ वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने २ हजार ९ सय ६५ सवारीसाधनमा ह्वील तथा चेन लक गरिएको हो।
ह्वील तथा चेन लक गरिएका साधनमा मोटरसाइकल धेरै छन् । पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु