गत भदौदेखि लागू भएको नयाँ मुलुकी ऐन देवानी संहिताले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिन पाउने व्यवस्था गरेपछि कास्की अदालतमा पनि सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन् ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सम्बन्ध विच्छेदका ८ सय ८१ मुद्दा दर्ता भएका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा हुन् । दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये २० प्रतिशत पुरुषवादी मुद्दा रहेको पराजुलीले बताए ।
मुलुकी देवानी संहिताले पुरुष पनि सोझै अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न जान पाउने व्यवस्था भएको कारण यसपालि सम्बन्ध विच्छेदका मुद्दा बढेको अदालतले जनाएको छ । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/६७ मा दर्ता भएका कुल २ हजार ५ सय ८९ थान मुद्दामध्ये साउनमा ३ सय ५१, भदौमा १ सय ४६, असोजमा १ सय ६०, कार्तिकमा २ सय, मंसिरमा १ सय ९१ र पुसमा १ सय ९३ मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी, माघमा २ सय ९, फागुनमा २ सय ५८, चैतमा २ सय ११, वैशाखमा १ सय ७९, जेठमा २ सय २७ र असारमा २ सय ६४ मुद्दा दर्ता भएको स्रेस्तेदार पराजुलीले बताए ।
अदालतले आर्थिक वर्ष २०७५/७६ मा २ हजार ४ सय ६४ थान मुद्दा फर्छ्याैट गरेको छ । जसमध्ये साउनमा १ सय ५४, भदाैमा १ सय ६३, असोजमा १ सय ३६, कार्तिकमा ८८, मंसिरमा २ सय १३, पुसमा २ सय १४, माघमा २ सय २६, फागुनमा १ सय ८१, चैतमा १ सय ७०, वैशाखमा २ सय ९५, जेठमा २ सय ६६ र असारमा ३ सय ५८ थान मुद्दा फर्छ्याैट भएको अदालतको रेकर्डमा उल्लेख छ । रेकर्डअनुसार कास्की जिल्ला अदालतबाट ६३ प्रतिशत मुद्दा फर्छ्याैट भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीले अदालतमा परेका मुद्दाको प्रकृति र अवस्थाअनुसार कानून आकर्षित हुने भएकाले रिपोर्टिङ गर्दा सञ्चारकर्मीले सजगता अपनाउनुपर्ने बताए ।‘अदालतले गरेको फैसलालाई कार्यान्वयन गराउन सबैको त्यतिकै दायित्व हुन्छ,’ उनले भने, ‘त्यसैले फैसला कार्यान्वयन गराउन सञ्चारकर्मीलगायत सबैले सघाउन आवश्यक छ।’
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम