गण्डकी प्रदेशका १८ ठाउँ केबलकार सञ्चालन गर्न उपयुक्त

गण्डकी प्रदेशका १८ ठाउँ केबलकार सञ्चालन गर्न उपयुक्त

cable car

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परेपनि १८ ठाउँमा सम्भाव्यता देखिएको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन गरेको थियो ।

केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल कम्पनीलाई प्रदेशभित्र सम्भावित केबलकार बनाउने ठाउँको अवस्थाबारे अध्ययनको जिम्मा दिइएको थियो । कम्पनीले पहिलो चरणको अध्ययनबाट गण्डकी प्रदेशका १८ ठाउँमा भौगोलिक अवस्था अध्ययन गर्दा उपयुक्त रहेको निस्कर्ष निकालेको हो ।

अध्ययन गरेको प्रतिबेदन प्रदेश सरकारलाई कम्पनीले बुझाएको छ । वीरेठाँटीदेखि मुक्तिनाथसम्म विश्वकै सबैभन्दा लामो केवलकार निर्माण हुँदैछ भने पोखराको सराङकोटमा निर्माणाधीन केवलकार अन्तिम चरणमा पुगेको छ । यस्तै, बन्दीपुर र पञ्चासेमा निर्माणको काम अघि बढेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds