तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १६ महिना पछि खुकुरी प्रहार गरि फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको भिमाद नगरपालिका वडा नं ६ सबाट म्याग्दे गाउँपालिका वडा नं ५ थाङ्दीका वर्ष २० का बिशाल सुनारलाई फेला पारी पक्राउ गरेको हो ।
गत २०७४ फागुन ९ गते म्याग्दे गाउँपालिका वडा नं ६ स्थित पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी समेतले प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सुनार लाई पक्राउ गरेको हो ।
लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादीहरुको खोजतलास प्रहरीले जारी राखिएको थियो ।
उक्त घटनामा संलग्न भई फरार रहेका बिशाल सुनार भिमाद एरियामा रहेको भन्ने गोप्य सुचनाको आधारमा मिति गत मंगलबार उक्त क्षेत्रमा प्रहरी परिचालन भई खोजतलास गर्दा सुनारलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
सुनारलाई आबश्यक कार्बाहीको लागि जिल्ला अदालत तनहुँ समक्ष उपस्थित गराईएकोमा अदालतको आदेशानुसार पुर्पक्षको लागि कारागार थुनामा गएको डिएसपी लामिछानेले बताए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते