गोरखा । अश्लिल म्यासेज पठाएको आरोपमा मान्वु माझगाउँका सुरेश गुरुङ्ग पक्राउ परेका छन् । उनलाई काठमाण्डौं प्रहरीले गोगंबुबाट पक्राउ गरेको हो । रोजगारी सिलसिलामा कतारमा रहँदा नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा उनि पक्राउ परेका हुन् । महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाए पछि गुरुङ्गलाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको थियो । कतारबाट असार २६ गते नेपाल आएका उनलाई कतारको बोर्डर इमिग्रेसनले नेपाल आएको जानकारी दिएको थियो । गुरुङ्गलाई साईबर अपराधमा मुद्वा दर्ता गरि अनुसन्धान भैरहेको छ ।
गुरुङ्ग विरुद्व महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवलाई जेठ १७ गते नै डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम