शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा सहभागी अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको अस्तव्यस्तता सार्वजनिक गरेको फोटोलाई चलचित्र विकास बोर्डले नियोजित भएको आरोप लगाएको छ। बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको छ।
बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ:
‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ। राष्ट्रपति निवासमा भएको पुरस्कार वितरणको कार्यक्रमको सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र सोअघि आधा घण्टा तयारीका लागि कलाकारहरु मञ्चको विपरीत भागमा रहेको कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको थियो । शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ, कार्यक्रम अवधिभर कुनै पनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ।’
तर यसबारे प्रतिक्रिया दिँदै सरोज खनालल भने आफूले त्यसो गर्नु बाध्यता भएको बताएका छन्। ०७३, ०७४ र ०७५ सालगरि तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको समारोहमा यसपाली सहभागीलाई ‘बोर’ नहोस् भनेर चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत व्यवस्थापन गरेको थियो।
करिश्माको स्टाटसमा सरोजले गरेका थिए फोटो सहित कमेन्ट
राष्ट्रपतिको घरमा कलाकारलाई नाच्न लगाएकोमा अभिनेत्री करिष्मा मानन्धरले विरोध गरेकी थिईन् । अवार्ड समारोह सम्पन्न भएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले राष्ट्रपतिलाई कटाक्ष गर्दै लेखेकी थिईन् :

करिश्माले आपत्ति जनाएर स्टाटस् लेखेपछि यसमा अभिनेता सरोज खनालले कमेन्ट गरेका छन्,

करिष्माकै स्टाटसमुनि उनले ट्वाइलेटको कमोडमा बस्नुपरेको फोटो सार्वजनिक गर्दै लेखे, ‘सम्मानित हुने र सन्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी पर्फमर करिब ३५ जनालाई ८ बाइ १०को कोठामा कोचेर राखे। म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसेँ। के गरुँ, आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ तर ‘मनको बह कसैलाई कह’ भन्छन्, त्यसैले मैले तिमीसँग सेयर गर्न चाहेँ।’
सोही कार्यक्रममा नृत्य प्रस्तुत गरेका अभिनेता रमेश उप्रेतीले समेत सरोज र करिष्माको विचारमा सहमति जनाएका छन्। राष्ट्रपति भवन अब उप्रान्त नेसनल फिल्म अवार्ड नहुनुपर्ने उनको तर्क छ।
अवार्ड कार्यक्रममा सरोजसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङ लगायत कलाकारले नाचेका थिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम