‘पत्रकार हुँ’ भन्दै चेकिङमा रहेका प्रहरीलाई ठगी गर्ने पक्राउ

‘पत्रकार हुँ’ भन्दै चेकिङमा रहेका प्रहरीलाई ठगी गर्ने पक्राउ

kaski-thagi

दाङ- ठगी गरेको आरोपमा प्रहरीले एक जना पत्रकार पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका १७ मा चेकिङमा रहेका प्रहरीलाई ठगी गर्ने पत्रकार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १५ कोठरीका २६ वर्षीय सुनील न्यौपाने रहेका छन्।

प्रहरीले जरिवाना लिएको फोटो खिची आफू पत्रकार भएको बताउँदै उनले अनुचित दबाबमा पारी ठगी गरेको बताइएको छ। प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहलाई पटक पटक गरी १ लाख ५ हजार ठगी गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनीमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी जानकारी दिउको छ। यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका थिए। तर गत असार २२ गते विशेष अदालतबा धरौटीमा छुटेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ