पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका पेकका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ ।
जुलुस निकाल्दै गर्दै प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच झडप भएको छ । झडपमा एक प्रहरी घाईते भएको बताईएको छ । प्रहरी जवान दीपक खाती घाईते भएका हुन् । झडपकै क्रममा नेविसंघ नेता पशुपती भट्टराई पक्राउ परेका छन् ।
पोखरा ७ फिर्केमा रहेको पोखरा इन्जिनियरिङ क्याम्पस स्वतन्त्र विद्यार्थी परिषद्को कार्यालयमा नेविसंघले तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । तोडफोडमा संलग्न भएको आरोपमा पेकका नेविसंघ सभापति टेनिश श्रेष्ठ, पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी, नेविसंघका विद्यार्थीहरु निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु बैदाम प्रहरीको नियन्त्रणमा छन् ।
भिडलाई नियन्त्रणमा लिने क्रममा सामान्य धकेलाधकेल भएको प्रहरीले जनाएको छ । नेविसंघले चाहीँ प्रहरीले धरपकड गरेको आरोप लगाएको छ । – डिएनएनेपालबाट
तस्विरः विजय नेपाली
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो