पोखरा । सूर्योदय हेर्नकै लागि अधिकाशं पर्यटक सराङ्कोट पुग्ने गर्थे तर सडक साँघरो र पर्यटकको चाप बढेपछि विकल्पमा पर्यटकले काँहुडाँडा रोज्न थालेका छन् । पछिल्लो समय सूर्योदय हेर्नकै लागि बिहान काहुँडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको भिड लाग्ने गरेको छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष २०१८ विविध कार्यक्रम सहित यहाँका पर्यटन व्यवसायी र स्थानीयले गत असोज महिनामा काहुूँडाँडामा पर्यटन बर्ष मनाए ।
त्यसैको स्वरुप काँहूमा सूर्योदय हेर्नकै लागि पर्यटकको चाप बढ्न थाल्यो, यतिबेला दैनिक सयौँ पर्यटक बिहानी झिसमिसेमा त्यहाँ पुग्ने गर्छन् । बिहान मर्निङवाक गर्दै काँहुडाँडा पुग्ने स्थानीयको पनि भिड नै हुने गरेको छ ।
पर्यटकीय गन्तब्यको रुपमा विकसित हुन थालेको काँहुडाँडामा छिट्टै नेपालकै भगवान गौतम बुद्धको विशाल मूर्ति र यशोधरा पार्क समेत निर्माण हुने भएको छ । मूर्ति स्थापना गर्नकै लागि १६९ रोपनी सामुदायिक बन र स्थानीयहरुको जग्गा धर्मकाया बुद्ध मण्डलाले खरिद समेत गरिसकिएको छ । मूर्ति निर्माण कार्यमा भने केही ढिलाई हुन गएको छ ।
गत मंसिर महिनामा तेस्रो काँहुधरहरा महोत्सव सम्पन्न भएको छ । पर्यटकीय गन्न्तव्य त बन्यो तर यहाँका सुविधा सम्पन्न होटल, रेष्टुरेण्ट नहुँदा पर्यटकको गन्तव्य काँहुडाँडा भएपनि पुनः गन्तव्य परिवर्तन गरी पोखराको लेकसाइड फर्कन बाध्य छन् ।
अत्यन्त क्षणिक समय मात्र त्यहाँ बिताउने गरेका र पर्यटकहरुको चाहना बमोजिम सुविधा प्रदान गर्न नसकिएको तितो यथार्थ वडा सदस्य मिनबहादुर गुरुङ व्यक्त गरे । पोखराको मुख्य बजार महेन्द्रपुलबाट साढे सात किलो मिटर कालोपत्रे सडक यातायातको सुविधा पर्याप्त भएपनि खान र बस्नको असुविधाका कारण पर्यटकहरुको बसाई लम्ब्याउन नसकिएको पूर्व गाविस अध्यक्ष चित्रप्रसाद लामिछानेले बताए ।
वि।सं।२०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाउँ भन्ने योजनाबाट सडक निर्माणपछि विभिन्न व्यवसायी तथा व्यक्तिहरु सुविधा सम्पन्न होटलहरुको प्रस्ताव राखि स्थानीयवासीलाई रोजगार र सुविधा दिन्छौं भन्दै सस्तो रकममा जग्गा खरिद गरेतापनि पूर्वाधार नै निर्माण नगरी वर्षौ त्यो जग्गा बढि मुल्यमा विक्री गरियो ।
तत्कालिन समाजिक अभियन्ता स्व।मेजर वीरसिंह गुरुङले अमरसिंह माध्यमिक विद्यालय र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्माणका लागि काहूँमा नै प्रस्ताव गर्दा तत्कालिन स्थानीय केही व्यक्तिहरुको विरोधका कारण त्यस स्थानबाट स्थानान्तरण गरियो । त्यसैगरी, लुम्लेको काँडेमा रहेको कृषि अनुसन्धान केन्द्र पनि काहूँमा नै प्रस्ताव गरिएको थियो । बुद्ध मूर्ति पनि अन्तै सार्ने हुन् कि भन्ने आशंका अहिले स्थानीयले गरिरहेका छन् ।
पर्यटन प्रवद्र्धन भन्दै स्थानीयहरुलाई सुविधा दिन्छौ भनी जग्गा खरिद गर्ने तर २र४ वर्ष पछि जग्गा बिक्री गरी कमिशनका लागि मात्रै योजना पेश गर्ने क्रमलाई तुरुन्त बन्द गर्नुपर्ने वडा अध्यक्ष मोहन प्रसाद बास्तोला बताउँछन् ।
–दामोदर आचार्य, आदर्श समाजबाट ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो