बुटवल । पाल्पाको अस्पतालबाट शिशु चोर्ने महिला सिसिटिभी सहयोगमा स्याङ्जाबाट पक्राउ परेकी छिन् ।पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो ।
शिशु चोरीमा संलग्न स्याङ्जा कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित विद्युत ड्यामको आवास गृहमा बस्दै आएकी अन्दाजी ३५ वर्षकी बिमकला भन्ने बिमला पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य छ । चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेतजस्तै थिइन् ।
बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला