विजयपुर खोलामा बेलीब्रिज जडान सुरु

विजयपुर खोलामा बेलीब्रिज जडान सुरु

bijayapur-belibridge

पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ । बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा-जेजे (जेभी) ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।

ठूलो पानी नपर्दै खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । असारसम्म बन्ने भनिएको बेलिब्रिज भदौमा बल्ल तयार हुने देखिएको छ ।

हाल बेलिब्रिज राख्ने बेसमेन्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।

Pic. Sudarshan Ranjit

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ