गण्डकी प्रदेशले दुई स्थानमा विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ। भूमि व्यवस्था सहकारी तथा कृषि मन्त्रालयले प्रदेश ५ र गण्डकी प्रदेशको दुई संगमस्थल आँवुखैरेनी र राम्दीमा साउनको पहिलो हप्तादेखि नै सञ्चालनमा ल्याउने गरी प्रयोगाशाला निर्माणको तयारी भइरहेको जनाएको छ।
मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी का अनुसार पूर्वाधार निर्माण र उपकरण खरिद प्रक्रियाको काम सकिएको छ। संघको अनुमतिमा अन्य प्रदेशमा भारतीय नाकाबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न सकिने गरी योजना बनाइएको सचिव दवाडीले बताए। प्रदेश सरकारले प्राविधिकलाई मंगलबारदेखि विषादी परीक्षणसम्बन्धी तालिमको सुरुवातसमेत गरिएको उनले बताए।
बाली संरक्षण निर्देशनालयले पोखराको शान्तिवनस्थित तरकारी उपज संकलन केन्द्रमा सञ्चालनमा ल्याएको तरकारी तथा फलफूलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला आफै बिरामी परेको छ । प्रयोगशाला कुन सरकार मातहत रहने अहिलेसम्म टुंगो छैन भने कर्मचारीकोसमेत अन्योल छ । शान्तिवनस्थित कृषि उपज संकलन केन्द्रको कार्यालयभित्र एउटा कोठामा प्रयोगशाला छ ।
अहिलेसम्म प्रयोगशाला संघ सरकार मातहत नै छ । तर, संघले प्राविधिक नै नखटाउँदा प्रदेश मातहतको बाली प्रयोगशालाले १ शाखा अधिकृत र १ कार्यालय सहयोगी खटाएर धान्ने काममात्रै गरेको छ ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु