धादिङ । अविरल बर्षासँगै गएको पहिरोले घर भत्किदाँ धादिङमा बालिकाको मृत्यु भएको छ । शुक्रबार गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किदाँ उनको छोरी ८ वर्षीय अस्मिता तामाङको मृत्यु भएको हो ।
घटनामा तामाङका १२ वर्षीय छोरा जयराम तामाङ घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बुधबारदेखि लगातार परेको पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० बादरेमोडमा लेदो खस्दाँ पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।
त्यस्तै सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा नं ३ शीलतबजारको सडक भासिदाँ दर्जनौ घर पहिरोको जोखिममा परेको छ । भुकम्पका कारण भत्किएको सडक निर्माण हुन नसक्दाँ जोखिम मोलेर बसिरहेका सो क्षेत्रमा बर्षाको पानीले सडक भासिन थालेको स्थानीयको भनाई छ । पानीले सडक एक फिट भन्दा तल भासिएर पहिरो सुरु भएको छ ।
पाबिल न्यूजबाट ।
सम्बन्धित खबर
मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते
पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु
यी स्थानमा बदली र वर्षाको सम्भावना
१५ वर्षका दाजुले गरे ११ वर्षीया बहिनीको हत्या [घटना विवरण]
कांग्रेस र एमालेको संयन्त्र बैठकपछि गृहमन्त्रीले भने: दुई दलमा कुनै समस्या छैन
मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज फरार, अदालतबाट पक्राउ पुर्जी जारी
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु