पोखरा २२ पुम्दिभुम्दि स्थित ठुलढुङ्गाको जंगलमा एक महिलाको अस्थिपञ्जर भेटिएको छ । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले २८ बर्षिया आफ्नी श्रीमती लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लक्ष्मीको २५ दिन पछि अस्थिपञ्जर बुधबार बिहान फेला परेको हो ।
असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुलढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपञ्जर फेला पारेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए ।
कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोली घटनास्थल पुगी निरीक्षण गरेको थियो । एसपी कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको भन्दै थप अनुसन्धान भईरहेको बताए । श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । हत्या भएको २५ दिन सम्म पनि किन थाहा भएन ? भन्ने प्रश्न उठेको छ । तर, लक्ष्मीलाई हत्या गरी फालिएको स्थान नजिकै मरेको गाई भएका कारण पनि स्थानीयले गाई नै गन्हाएको अड्कल काटे ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो