विद्यार्थीहरुले फेरि पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तालाबन्दी गरिदिएका छन् । उनीहरुको माग छ – ‘परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षा सञ्चालन गर्नुपर्ने ।’ यही माग गर्दै उनीहरुले गत शुक्रबारदेखि क्याम्पसका प्रशासन, लेखा लगायत शाखामा तालाबन्दी गरेका छन् । आफ्ना माग पूरा नभए कडा आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।
पब्लिक हेल्थको स्नातक तह (बिपिएच) पहिलो सेमेस्टरका केही विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । ती झन्डै १ सय ६० विद्यार्थी र छुट भएका तेस्रो सेमेस्टरका विद्यार्थीलाई नियमित सरह नै परीक्षा दिन मौका चाहिने माग विद्यार्थीले गरेका छन् । विद्यार्थीको तालाबन्दीका कारण गत शुक्रबारदेखि केन्द्रीय क्याम्पसमा पठनपाठनबाहेक काम ठप्प छ ।
स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने विधि मिचिएको भन्दै आन्दोलन भइरहँदा वैशाखको परीक्षामा बिपिएचका विद्यार्थी छुटेका थिए । छुटेका विद्यार्थीलाई मौका दिन मिल्ने नमिल्नेबारे छानबिन गर्न रजिस्ट्रार गोविन्द शर्माले बनाएको समितिले प्रतिवेदनसमेत दिइसकेको छ । समाधान दैनिकमा खबर छ ।
१२ कक्षा उत्तीर्ण हुँदा ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई भर्ना गरेका कलेजमाथि कारबाही माग गर्दै गत वैशाखमा विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा थिए । आन्दोलनकै बीचमा प्रहरीसमेत परिचालित गरी विश्वविद्यालयले परीक्षा चलाएका थियो । केही विद्यार्थी आन्दोलनकै क्रममा बेहोस भएपछि अरुले परीक्षा दिन नपाएको विद्यार्थीहरुको गुनासो छ ।
विश्वविद्यालयको मापदण्ड विपरीत भर्ना गराएका क्याम्पसलाई कारबाही दायरामा ल्याउनुको साटो थप बल र्पुयाउने काम भएको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ लगायत विद्यार्थी संगठन आन्दोलनमा उत्रेका थिए ।
http://gandaknews.com/pokhara-university-student/
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो