पोखरा १७ मा गंगालाई विरबहादुरले ढुंगाले हानेर मारे

पोखरा १७ मा गंगालाई विरबहादुरले ढुंगाले हानेर मारे

mahila hatya

पोखरा वडा नं १७ स्थित रातो पहिरोमा एक महिलाको हत्या भएको छ । आइतबार राती श्रीमान्ले श्रीमतीलाई ढुङगाले हानेर हत्या गरेका हुन् ।  पोखरा २२ पुम्दिभुम्दी घर भई हाल पोखरा १७ आरोग्य एग्रो कुखुरा फार्ममा काम गर्ने ४० वर्षीया वर्षीया गंगा सुनारको हत्या भएको हो ।

आठ वर्षदेखिसँगै बस्दै आएका ध्रुब भन्ने ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन् । दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता डिएसपी राजकुमार केसीले जनाए ।

टाउकोमा ढुङ्गाले हानी हत्या गरि फरार भए पछि प्रहरीले सोमबार दिऊसो वीरबाहदुरलाई पक्राउ गरे । पोखरा २२ कालिमाटीबाट उनलाई पक्राउ गरेका थियो ।सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ