पोखरा । मंगलबार राति पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका पुरुषको सनाखत भएको छ । मंगलबार राति साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुने कास्कीकै माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ निवासी देउकुमार तामाङ रहेको सोहि वडाका अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले जानकारी दिए ।
३८ वर्षीय तामाङ पोखरामा बसेर कुल्फी, आइसक्रिम बेच्ने काम गर्थे । असार १७ गते राति लोडसेडिङ समयमा आफ्नो कोठाबाट पारीपट्टी पसलमा लामखुट्टे धुप र क्याण्डल किनेर फर्कने क्रममा रोडमा गाडीले ठक्कर दिएको थियो । चालक चाइनिज नागरिक थिए । श्रोतका अनुसार पैदलयात्री तामाङ र चालक चिनियाँ नागरिक दुवै मापसे सेवन गरेको रिपोर्ट आएको छ । परिवारको जाहेरी अनुसार चालक विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढिसकेको र उनी थुनामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
मृतक तामाङ अविवाहित हुन् । उनका ५ जना दाजुभाइ छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले सडक दुर्घटनामा मृत्यु वापतको बिमा रकमका साथै परिवारको चित्त बुझाउने गरी क्षतिपूर्ति दिएको परिवार निकट श्रोतले जनाएको छ ।
http://gandaknews.com/amarsingchowk/
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो