गण्डकी प्रदेशका सबै प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्षदेखि स्वकीय सचिव (पिए) राख्न पाउने भएका छन् । सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ । अव उनीहरुले नायव सुब्बा स्तरमा स्वकिय सचिव राख्न पाउनेछन् ।
अव मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने जनाइएको छ । त्यसपछि सुविधासम्बन्धी ऐन संशोधन गरी त्यसपछि सचिव राख्ने बाटो खुल्छ ।’ यस अघि सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्ष दलका नेताहरूले स्वकीय सचिव नियुक्त गरिसकेका छन् । सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधाको लागि छुट्टै ऐन बनाएको छ । प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरुलाई अरु सुविधा दिईएपनि स्वकीय सचिव राख्ने सुविधा दिईएको छैन । सभापति र सचेतकलाई पनि सांसदकै सुविधाअनुसार नासु स्तरको स्वकीय सचिवको सुविधा दिन लागिएको हो । प्रदेशका सांसदमध्ये ४९ जनालाई यो सुविधा हुने छ । बाँकीले यसअघि नै लिईसकेका छन् ।
नयाँ आर्थिक वर्षपछि गण्डकीका ४९ जना सांसदले स्वकीय सचिव राख्नेछन। अरुले भने यस अघि नै स्वकीय सचिव राखेका छन्। हाल प्रदेशसभामा नेकपाका ४०, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २, तत्कालिन नयाँ शक्ति २ जना सांसद छन्। राजमोका एक जनाको निधन भइसकेको छ । उपनिर्वाचनबाट सो स्थान पूर्ति हुनेछ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो