काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती दिएकी छन् ।
आफ्नो कार्यकालमा राजधानीमा धूवाँधूलो नियन्त्रण भएकाले अब मास्क लगाएर हिँड्न पर्दैन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरेकी हुन् । ‘मन्त्री (भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ)ज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, आउनुस् प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकमा शाहीले भनिन् ।
बैठकमा सरकारका तर्फबाट यातायातमन्त्री महासेठ सहभागी थिए । शाहीले आफू स्कुटीमा हिँड्ने गरेको उल्लेख गर्दै राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भनेर बुझ्न मन्त्री महासेठ र समितिका सदस्यहरूलाई समेत आग्रह गरेकी थिइन् ।
राजधानीको प्रदूषण घटाउन प्रधानमन्त्री ओलीले सेवा आरम्भ गरेका साझा यातायातका विद्युतीय बस कहाँ थन्किएका छन् भन्ने प्रश्नसमेत उनको थियो । प्रधानमन्त्री ओलीले गत कात्तिक ६ गते ललितपुरको साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गरेका थिए । संस्कृति मन्त्रालयले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न ल्याएका ५ वटा विद्युतीय बस साझा यातायात मातहतमा लगी हतारमा राजधानीमै सेवा सुरु गरिएको घोषणा भएको थियो ।
टेन्डरको मापदण्डमा तोकिएभन्दा कमसल भएकाले ती बस सञ्चालनमा आएका छैनन् । संस्कृति मन्त्रालयले ती बसमा १७ वटा कैफियत भेटिएको भन्दै आपूर्तिकर्ता कम्पनीलाई फर्काएर नयाँ ल्याउन निर्देशन दिइसकेको छ । सांसद शाहीले ती विद्युतीय बसका विषयमा पनि यातायातमन्त्री महासेठसितप्रश्न गरेकी थिइन् । ‘विद्युतीय बस कहाँ छन् ? तिनका लागि ब्याट्री चार्जिङ स्टेसन निर्माणको काम के भइरहेको छ ?’ उनले सोधिन् ।
जवाफमा मन्त्री महासेठले विद्युतीय बस कहाँ छन् भन्ने विषयमा आफ्नो मन्त्रालय जानाकार नरहेको बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम