कावासोतीमा बृहत निःशुल्क योग तथा बिशेषज्ञ आयुर्वेद शिबिर हुँदै

कावासोतीमा बृहत निःशुल्क योग तथा बिशेषज्ञ आयुर्वेद शिबिर हुँदै

Screen Shot 2019-07-04 at 7.02.15 PM

नवलपरासी । कावासोतीमा बृहत निःशुल्क योग तथा बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिबिर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत असार २० गते देखि २२ गते सम्म बृहत निशुल्क योग शिबिर हुने भएको हो । बिशेषज्ञ आयुर्वेद शिबिर आयोजना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी गराए ।

भुसालका अनुसार आजभोली नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगहरुको कारणले अकाल मृत्युको दर बढिरहेको सन्र्दभमा योग जीवनशैली व्यवस्थापन र आयुर्बेदको माध्यमबाट यस्ता समस्याको न्यूनीकरण गर्न सकिने हुनाले कार्यक्रमको आयोजना गरिएको हो ।

शिविरमा बिहान ६ बजे ८ बजेसम्म कावासोती नगरपालिका तीन स्थित सिध्दार्थ आवासीय माबिको माथिल्लो भवन प्राङ्गणमा डा. योगी विकासानन्दको योग प्रशिक्षण साथै २१ गते बिहान ९ बजे देखि ४ बजेसम्म बिशेषज्ञ आयुर्वेद चिकित्सकहरु वाट निःशुल्क स्वास्थय परिक्षण निःशुल्क औषधी वितरण प्रयोगशाला सेवा सहित बिसेषज्ञ आयुर्बेद स्वास्थ्य शिबिर सञ्चालन गरिने कार्यक्रम छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds