गण्डकी प्रदेश सभा सदस्यहरुको कोटमा सुनचाँदीको लोगो झुण्डिने भएको छ । प्लाष्टिले बनेको लोगो वर्ष दिनमै खुइलिन थालेको भन्दै कार्यव्यवस्था परामर्श समितिले टिकाउ र आकर्षक देखिने सुन जडित चाँदीको लोगो बनाउने निर्णय गरेको छ ।
नयाँ लोगो नेपालमा निर्माण नहुने भएकाले चीनको सांघाई प्रान्तमा बनाएर ल्याइनेछ । अहिले प्रयोग भइरहेको लोगो २ सय भन्दा कम मूल्यमा तयार पारिएको हो । यही प्लाष्टिको लोगो प्रदेशका मुख्मयन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यहरुले प्रयोग गर्दै आएका छन् ।
अब भने नयाँ एउटैको ६ हजार ५ सय रुपैयाँ पर्ने जनाइएको छ । जुन पहिले भन्दा झण्डै ३३ गुणा महंगो हो । अहिलेको लोगोमा रहेको दुवैतर्फको धानको बालामा सुनको लेपन हुनेछ। गत जेठ २० गते तेस्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर सुन चाँदी जडित लोगो ल्याउन लागिएको हो। प्रदेशसभा सचिवालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको जनाएको छ ।
सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतवर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो