आर्सनलमा १८ बर्षका ब्राजिली युवा फरवार्ड ‘ग्याब्रियल मार्टिनेली’

आर्सनलमा १८ बर्षका ब्राजिली युवा फरवार्ड ‘ग्याब्रियल मार्टिनेली’

martinelli

एजेन्सी । लण्डन क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई क्लबमा अनुबन्धन गरेको छ । आर्सनलले समर ट्रान्सफर अन्तर्गत १८ बर्षका ब्राजिली युवा फरवार्डलाई लामो समयका लागि क्लबमा ल्याएको हो ।

उनी ब्राजिली क्लब ईटुएनोबाट लण्डन क्लब आएका हुन् । सन् २०१७ मा डेब्यु गरेका मार्टिनेलीले ३४ खेलमा १० गोल गरेका छन् । ‘क्रिस्टियानो रोनाल्डोलाई म खेलको मोडल मान्छु ।’ उनले भने – ‘उनी यस्ता खेलाडी हुन्, जसले कडा मेहनत गर्छन् । आफैलाई अगाडीको स्तरमा धकेल्छन् । जो सधै व्यक्तिगत ट्रफी र उपाधिका लागि दौडिन्छन् ।’

‘यो मेरो सपना थियो । जब म बच्चा थिए, मेरो परिवारको सपना मैले युरोपबाट खेलोस भन्ने थियो । अझ आर्सनल जस्तो ठुलो क्लबबाट । म यो अवसर लिन गईरहेको छु ।’ उनले भने ।

ब्राजिलले कोपा अमेरिकाको अभ्यास गर्दा मार्टिनेलीलाई सिनियर टिममा बोलाईएको थियो । ‘यो निकै आश्चार्यजनक अनुभुति हो । सपना विपनामा परिणत भएको छ । राम्रा खेलाडीका सामु आफुलाई सक्षम बनाउनुपर्नेछ ।’ उनले भने ।

‘यो निकै महान अवसर हो । म जति सक्छु, मजा लिनेछु ।’ उनले थपे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ