काठमाण्डौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने छ ।
त्यसैगरी, नगरप्रमुख १, गाउपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पा“चथरको फाल्गुनन्द गाउ“पालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी निर्वाचित भएको कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ खाली भएको हो । त्यसैगरी प्रदेशसभातर्फ हरिशरण लामिछानेको मृत्युका कारण भक्तपुरको १ ‘क’, उत्तरकुमार वलीको निधनका कारण दाङ ३ ‘ख’ तथा टेकबहादुर घर्तीको निधनका कारण बाग्लुङ २ ‘ख’ रिक्त छन् ।
निर्वाचन बहिष्कार गरेका कारण सोलुखुम्बुको तिङलामा सबै पद रिक्त छन् । साथै अन्य स्थानीय तहतर्फ वडाध्यक्षतर्फ ४३ पद रिक्त छन् । ‘अहिले वर्षातको समय छ । त्यसपछि विभिन्न चाडपर्व शुरु हुन्छ । त्यसैले कात्तिक मसान्तभित्र उपनिर्वाचन गर्नेगरी तयारी गरिरहेका छौ’ प्रमुख आयुक्त थपलियाले भने ।
स्थानीय तहका हकमा वडाध्यक्षको उपनिर्वाचन गराउने कानुनी व्यवस्था नै थिएन । हालसालै स्थानीय तह निर्वाचन ऐन संशोधन गरी त्यसको व्यवस्था गरिएको छ । आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको उपनिर्वाचनको मिति तोक्ने जिम्मेवारी सरकारको भएकाले तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार रहेको बताए । स्थानीय तहको पदावधि लगभग तीन वर्षभन्दा बढी बाकी छ । कानुनले एक वर्षभन्दा कम पदावधि बा“की रहेको अवस्थामा उपनिर्वाचन गराउनु पर्दैन ।
सम्बन्धित खबर
नेपाली सेनाद्वारा टु – इन्च मोर्टार बम डिस्पोज गरियो
अर्जुनचौपारीमा आगलागी, लाखौंको क्षति
१० औं गामी छाक्रा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम माघ १८ देखि
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करण फागुन ३ गते
कुनै पनि बहानामा सरकार ढल्दैन: अर्थमन्त्री पौडेल
प्रथम वालिङ् सिटि महोत्सव हुने
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए