पोखराका योगेश भट्टराई मुलुकभरमै वर्ष उत्कृष्ट प्रशिक्षक

पोखराका योगेश भट्टराई मुलुकभरमै वर्ष उत्कृष्ट प्रशिक्षक

Yogesh bhattarai

काठमाण्डौमा सम्पन्न १६ औं संस्करणको पल्सर स्पोर्टस् अर्वाडमा प्याराग्लाइडिङका योगश भट्टराई वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन् । सन् २०१८ मा इन्डोनेशियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा उनको प्रशिक्षणमा रहेको प्याराग्लाइडिङ टिमले रजत पदक जित्न सफल रहेको थियो ।

आफ्ना चार जना प्रतिष्पर्धीलाई उछिन्दै योगेशले उक्त अर्वाड हात पार्न सफल भएका हुन् । उनको प्रतिष्पर्धामा फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र बिष्ट रहेका थिए । उनले अर्वाड संगैं पल्सर बाइक पाएका छन् ।

गत महिना पोखरामा सम्पन्न चौथो पोखरा स्पोर्टस अर्वाडमा मनोनयनमा समेत उनी परेका थिएनन् । उनीबाटै प्रशिक्षित खेलाडी यूकेश गुरुङ भने अर्वाड हात पारेका थिए । गण्डकी प्रदेशमा उत्कृष्ट बनेका यूकेश मुलुकभरमा पनि वर्ष खेलाडी बन्दै पल्सर बाइक जितेका छन् ।

योगेशले करिब २० वर्ष देखि पोखरामा रहेर प्याराग्लाइडिङको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन । अर्वाड कार्यक्रममा नेपाललाई एशियाली खेलमा एक मात्र पदक जिताउन सफल रहेको प्याराग्लाइडिङ टिमलाई सम्मान गरिएको थियो ।

तस्विरः सुदर्शन रञ्जित

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ