काठमाडौँ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने हल्ला फिल्म वृत्तमा चल्न थालेको छ । हास्य कलाकार शिवहरि पौडेल धेरै हास्यटेलिसिरियल निर्देशन गरिसकेका छन् । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ उनको निकै नै फेमस थेगो हो । उनले अब चलचित्र पनि निर्माण निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’को आइतबार हास्यकलाकार शिवहरि पौडेलले आफ्नो जन्मदिनको दिनको अवसरमा घोषणा गरेका थिए । उक्त चलचित्रका सह-निर्माता भने किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् ।
आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ ।निर्देशक पौडेल दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताउँछन् ।
अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै डेब्यु गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ । उनी फिल्ममा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त छ । एक समय टेलिभिजनको पर्दामा जमेका कलाकारहरु पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षित भएको देखिन्छ । महजोडी हुँदै दीपकराज गिरी र दीपाश्री निरौलासम्मले फिल्म निर्माणमा पाइला राखिसकेका छन् । चाँडै सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि फिल्म बनाउँदैछन् । ‘भद्रगोल’ टिम पनि फिल्म निर्माणको प्रक्रियामा छ । यो भीडमा अब शिवहरी पनि थपिएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम