पोखरामा फेसबुकमा केटीका विषयमा गरिएको च्याटका कारण १५, १६ वर्षका टिनएजर केटाहरु ग्याङ फाइटमै उत्रिएका छन् । आज सोमबार दिउँसो पोखराको बगर स्थित नयाँगल्ली भन्ने स्थानमा एक समूहले अर्को समूहलाई खुकुरीले आक्रमण गर्दा एक जनाको टाउकोमा चोट लागेको छ भने अर्काको औंलो नै काटिएको प्रहरीले जानकारी दिएको छ ।
पोखराको कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षीय विपिन सुवेदी र बगरका १६ वर्षकै विजय तामाङको बीचमा फेसबुकमा रहेको केटीको विषयमा चर्काचर्की भएको थियो । पछि एक्कासी खुकुरी नै प्रहार भएको बताईन्छ ।
सोमबार दिउँसो १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको हो । विजयको टाउकोमा चोट लागेको छ । विपिन समूहका १७ वर्षीय लोप्चन राइको औंला काटिएको हो । विपिन ग्याङमा लोप्चन सहित १६ वर्षकै दिपेश सेन्चूरी, १७ वर्षका निकेश पुन, भुवन मगर थिए । विजय ग्याङमा बगरकै १५ वर्षीय विकास तामाङ, अधेरीकुना बस्ने १७ वर्षका राजन शर्मा र मिरुवाका १७ वर्षीकै मिन भण्डारी छन् ।
घटनापछि दुवै समूहलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर थापाले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो