एजेन्सी : भारतको उत्तर प्रदेशस्थिती ग्रेटर नोयडामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक दुलहाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह तोडेका छन् । पुलिसले यो मामलामा ३२ वर्षका एक व्यक्तिसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
भारतीय मिडियाका अनुसार दुलही दिल्लीको एउटा बैंकमा काम गर्छिन् । दुलहीले पुलिसमा अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
स्रोतका अनुसार अक्षय एक व्यापारी हुन् र आफ्नो आमा–बुवासँग बस्छन् । पीडित महिलाका अनुसार जब विवाह निश्चित भयो तबदेखि नै उनीहरु दाइजोको काम गरिरहेका थिए । उनले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेका थिए ।
पीडितले भनिन्, ‘उनीहरुको यो माग सम्बोधन गर्न परिवार सहमत भयो तर विवाहको दुई दिनअघि मात्रै उनकी आमाले फोन गरेर एक करोड नगद दिनुपर्ने नभएर विवाह तोड्ने चेतावनी दिइन् ।’
विवाहको दिन दुलहाको यो माग पुरा नभएपछि उनी विवाह मण्डप छोडेर गए । पुलिसले यो मामलामा परिवारविरुद्ध प्राथमिकी दर्ता गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते