‘म पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्ड पत्ता लगाएरै छोड्छु भनेको थिएँ तर सकिएन’ : प्रचण्ड

‘म पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्ड पत्ता लगाएरै छोड्छु भनेको थिएँ तर सकिएन’ : प्रचण्ड

Prachanda dahal

file photo

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पहिल्यैदेखि ठूला राजनीतिक हत्या र प्रतिहत्याका श्रृंखला चलिरहेको भएपनि दोषी पत्ता लाग्न नसकेको प्रसंग उप्काएका छन् ।

शनिवार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता हत्या प्रतिहत्याका दोषीहरू पत्ता लाग्न नसकेको कारणले नेपालका शीर्ष राजनीतिक व्यक्तित्वहरू सधैं सशंकित र भयभित रहेको खुलासा गरेका हुन् ।

‘जनतालाई पनि लाग्छ, मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्ड भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो,’ प्रचण्डले भने, ‘मोटामोटी लागेको आधारमा हामीले कसैलाई आरोपित गर्न पनि सकेका छैनौं । नाम लिएर फलानाले नै हो भन्ने स्थिति छैन । नेपालको इतिहासमा माथिल्लो स्तरमा राजनीतिक हत्या प्रतिहत्याको लामो श्रृंखला छ ।’

आफू पहिलोपल्ट प्रधानमन्त्री बन्दा दरबार हत्याकाण्डको रहस्य उजागर गर्छु भनेर संकल्प गरेको स्मरण गर्दै प्रचण्डले त्यसमा आफू असफल रहेको स्वीकारे । ‘मैले पहिलोपल्ट प्रधानमन्त्री बनेको बेलामा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छोड्छु भनेको थिएँ तर पत्ता लगाउन सकिएन,’ प्रचण्डले प्रश्न गरे, ‘आखिर दोषी पत्ता लगाउन केले रोक्छ ?’

प्रचण्डले राजनीतिक हत्या प्रतिहत्याको श्रृंखला नरोकिएकोमा चिन्ता प्रकट गरे । ‘मदन भण्डारीको त्यो रहस्यमय अवशान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी किन गर्न सकेका छैनौं ?’ प्रचण्डले प्रश्न गरे । प्रचण्डले अहिलेका शीर्ष नेतृत्व पनि त्यसैको शिकार बन्न सक्ने र यो विषय विचारणीय भएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds