लमजुङ – ३० वर्षदेखि फरार अभियुक्त भ्यान्टे कामीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरेको हो ।
तत्कालीन इलामपोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने उनलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए ।
तत्कालीन इलामपोखरी गाविसको लाङ्दी दोभान त्रिवेणीमा गोरखा खरिबोटका बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा उनी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर हत्या गरेको थियो । उनको साथबाट नगद रु चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले उनीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा दिएका थिए ।
सोही समूहमा रहेका एक जनाले सजाय भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकाबाट डाक्टर पढेर आफ्नो घर खरिबोट गोरखा फर्कदै गर्दा साँझको समयमा इलमपोखरी गाविसको मुगे बजारबाट पिछा गर्दै लाङ्दी र चेपे खोलाको संगमस्थल दोभानमा पाखरेललाई उनीहरुले भीभत्स ढंगले हत्या गरेका थिए । राम्रोसँग नेपाली बोल्न पनि नजान्ने उनको हत्या भएपछि त्यो हत्याकाण्ड लमजुङको बिचौर क्षेत्रमा चर्चित बनेको थियो । रासस
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो