राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो ।
यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भने आफैमा अनौठो देखिएको छ ।
भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको २० औँ संस्करण आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्च गर्ने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको हो ।
सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय कलाकारको आवजावत टिकट, होटल बसाइ समेत सौजन्य सहयोग बटुलिनेछ ।
‘आइफा अवर्डालाई स्थान र सुरक्षा दिनु उचित हो । तर, नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरुको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सामाजिक सञ्जालमा लेखेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने