कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

Eps1

काठमाडौं । रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ । गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको परीक्षाको नतिजा इपीएस कोरियाले  गएराति सार्वजनिक गरिएकोे हो ।

परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए । आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।

कसरी हेर्ने नतिजा ?
नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट  https://www.eps.go.kr/  मा मा हेर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds