राजविराज : सप्तरीको राजविराजमा बुधबार एक युवकको हत्या भएको छ। केटी साथी भेट्न गएका सप्तरीको तिरहुत गाउँपालिका २ गोइठी घर भई राजविराज बसोबास गर्दै आएका २५ वर्षीय जयकृष्ण बिराजीको युवाको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर बिराजीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा बुधबार दिउँसो मृत्यु भएको मृतकका परिवारले बताए। सोमबार राति करिब १२ः३० बजे कुटपिटबाट घाइते भएको अवस्थामा बिराजीलाई राजविराज नगरपालिका ६ खर्साल टोलस्थित हरिनारायण शर्माको घर अगाडि सडकबाट प्रहरीले उद्धार गरेको थियो।
‘बिराजीले हाम्रै गाउँकी एक युवतीसँग प्रेम गर्थे। यो कुरा केही गाउँलेलाई थाहा थियो’, एक गाउँलेले नाम नभन्ने शर्तमा भने, ‘सोमबार मध्यरातमा केटीको घर अगाडि आएर फोन गर्न थालेपछि स्थानीय युवाले पिछा गरेछन्। लगातार फोन गरेको देखेपछि फोन खोस्न खोज्दा विवाद भएछ। त्यही सानो कारणले दुःखद् घटना भयो।’
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा बिराजीको मृत्यु भएको मृतकका बुवा उपेन्द्र यादवले जानकारी दिए। बिराजीलाई आफ्नो केटी साथी भेट्न गएको बेला सोमबार राति स्थानीय व्यक्तिले कुटपिट गरेको आशंका गरिएको छ।
बिराजी राजविराज नगरपालिका २ स्थित पिस जोन मोडेल स्कुलमा शिक्षक रही सोही स्कुलको होस्टल बार्डेनका रुपमा समेत कार्यरत थिए। राति करिब १२ बजे होस्टलबाट निक्लिएका बिराजी पैदल हिँडेर करिब तीन किलोमिटरको दुरीमा रहेको खर्साल टोल पुगेका थिए।
राति अपरिचित युवालाई टोलमा ओहोरदोहोर गरेको देखेपछि केही युवाले सोधपुछ गर्दै मोबाइल खोस्न थालेपछि विवाद भएको थियो। विवादपछि भागेका बेला चोर भनेर हल्ला गर्दै लखेटेर कुटपिट गरिएको स्थानीयवासीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार बेहोस अवस्थामा सडकमा फेला परेका बिराजीबारे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। त्यस लगत्तै प्रहरीले उद्धार गरेको थियो।
मृतकका बुवा उपेन्द्रले हत्यामा संलग्न भएको आरोपमा बुधबार नौविरुद्ध उजुरी दिएका छन्। हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको र आरोपित फरार रहेकाले हालसम्म पक्राउ नपरेको रिमालले बताए। annapurnapost
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी