एजेन्सी – चीनको सिचुवान प्रान्तका एक धनाढ्य किसानलाई थुप्रै गाउँबाट हाँस र कुखुरा चोरेको आरोपमा पक्राउ गरिएको छ । उनले हाँस र कुखुरा चोर्नुको उद्देश्य भने निकै रोचक छ ।
वास्तवमा उनले ३ करोड २२ लाख पर्ने बीएमडब्ल्यू गाडीलाई तेल हाल्न कुखुरा र हाँस चोरेका थिए ।
लिन्सुईका पुलिसले गत अप्रिलदेखि विभिन्न गाउँबाट बारम्बार कुखुरा र हाँस हराएको उजुरी पाइरहेको थियो तर यसको पछाडि एरियाकै धनाढ्यको हात होला भनेर कसैले पनि सोचेका थिएनन् । ती व्यक्ति दुई तल्ले घरमा बस्छन् र ३ करोड बढी पर्ने विलासी बिएमडब्ल्यू गाडी हाँक्छन् ।
पछिल्लो समय आर्थिक समस्याले ग्रसित उनी आफ्नो गाडीमा तेलसमेत हाल्न नसकेपछि क्वियाङ्ग नामका यी व्यक्तिले अरुको हाँस र कुखुरा चोर्ने, आफ्नो खेतमा पाल्ने र तेल किन्नका लागि बेच्ने गरेको बताइन्छ ।
अत्यधिक ऊजुरी परेपछि पुलिसले उनीबारे खोजी अभियान चलायो । सिसिटिभी क्यामरालाई पछ्याउँदा पुलिसले एक व्यक्ति मध्य राती नम्बर प्लेट नभएको मोटरसाइकल चलाइरहेको भेटे । उनीहरुले २४ सै घण्टा बाटोको निगरानी राख्दा त्यहि मोटरसाइकल पटक–पटक ओहोरदोहोर गरेको पाइयो । पछ्याउँदै जाँदा बाइकलाई क्वियाङ्गको घरमा भेटियो तर चोरीमा उनी नै संलग्न छन् भनेर पुष्टि गर्ने प्रमाण थिएन त्यसकारण पुलिसले उनको घरलाई नै निगरानीमा राखे ।
छेङ्डु बिजनेस डेली रिपोर्टका अनुसार पर्याप्त प्रमाण जुटाएपछि पुलिसले क्वियाङ्गलाई सोधपुछ गर्ने सोच बनायो । उनलाई गाडी चलाइरहेका बेला नै पुलिसले पक्राउ गर्ने योजना बनाएका थिए तर खतराको आँकलन गरेर उनले आफ्नो शक्तिशाली बीएमडब्ल्यूको गती बढाए र त्यहाँबाट भाग्न सफल भए ।
‘उनी एक विलासी कार चलाइरहेका थिए जुन उच्च गतीमा कुद्न सक्थ्यो । त्यसकारण हामीले उनलाई हाइवेबाट समात्न सकेनौं,’ झाङ्ग हुवा, द युआन सिटी पुलिस स्टेशनका निर्देशकले पत्रकारलाई भने ।
क्वियाङ्गलाई उनको घर निगरानीमा थियो भनेर थाहा थिएन त्यसकारण उनले आफ्नो घरमा पुलिस पुगिसकेको छ भनेर सोच्न भ्याएनन् । जब उनीहरुले घरको खाजतलास गरे तब उनीहरुले बाइक भेटे र त्यससँगै चोरिएका कुखुरा र हाँस पनि ।
सोधपुछमा ५० वर्षे किसानले चोरी गरेको स्विकार्दै उनको ३ करोड बढीको बिएमडब्ल्यू कार अत्यधिक ‘तिर्खाएको’ र तत्कालका लागि आफ्नो आर्थिक स्थिती पनि ठिक नभएको बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो