किरण श्रेष्ठ, तनहुँ । व्यास नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ३८ करोड ३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । ५औं नगरसभामा व्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले नीति तथा बजेट प्रस्तुत गर्दै आर्थिक वर्षको लागि १ अर्ब ३८ करोड ३ लाख २५ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी छन् ।
पुजीगत खर्च तर्फ ६० करोड १६ लाख ४६ हजार रुपैयाँ र चालु खर्च तर्फ ७७ करोड ८६ लाख ७९ हाजर गरि कुल १ अर्ब ३८ करोड ३ लाख २५ हजार आर्थिक वर्ष २०७६/७७ का लागि खर्च प्रस्ताव गरेको उपमेयर मिरा जोशीले बताइन ।
प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट १४ करोड ८५ लाख रुपैयाँ, राजश्व बाँडफाँट अन्तर्गतबाट ५ करोड, संघीय सरकारको सशर्त अनुदानबाट ४१ करोड ७३ लाख, संघ सरकारको वित्तिय समानिकरण अनुदानबाट १९ करोड २० लाख, संघ सरकारको सामाजिक सुरक्षा अनुदानबाट १६ करोड रुपैयाँ जुटाइने उपमेयर जोशीले बताइन् ।
बजेटमा सडक र नालातर्फ नगरस्तरीय आयोजनाहरु र वडास्तरीय आयोजनाका लागि २७ करोड २३ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै खानेपानी तर्फ ४ करोड ४७ लाख २५ हजार, खेलकुद तर्फ १ करोड ३३ लाख र पर्यटन तर्फ ४ करोड ९१ लाख रुपैंया विनियोजन गरिएको छ ।
चालु खर्च अन्तर्गत पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधाको लागि १ करोड ७८ लाख ३८ हजार, तलब, भत्तालगायत अन्य प्रशासनिक खर्चको लागि ७ करोड ३७ लाख ८० हजार, कार्यालय संचालन सम्बन्धि खर्चको लागि १ करोड १६ लाख, सवारी साधन मर्मत सम्भार खर्चको लागि ७ लाख रुपैंया छुट्याइएको उपमेयर जोशीले बताइन् ।
नगरपालिकाले बजेटमार्फत दुम्सीचौर स्थित नारेश्वर ताल निर्माणका लागि १ करोड र मादी नदि बहिउद्धेश्यीय विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि ४० लाख रुपैयाँ छुट्याएको छ । यस्तै नविकरणीय उर्जा, सडक बत्ति विस्तार एवं व्यवस्थापनाका लागि ५२ लाख १० हजार रुपैयाँ छुट्याएको उपमेयर जोशीले जानकारी दिइन् ।
यस्तै सहकारी प्रवर्द्धनका लागि ७ लाख ५० हजार, वित्तिय व्यवस्थानका लागि १० लाख र उद्योग प्रवर्द्धनका लागि २१ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । त्यस्तै व्यास नगरपालिका पुस्ताकालय व्यवस्थापनाका लागि १० लाख रुपैयाँ छुट्याएको छ । भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रमका लागि १ लाख र पर्यटकिय सम्पदाहरुको संरक्षण एवं महत्व झल्किने होर्डिङ बोर्ड स्थापना विभिन्न स्थानका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । मदिनादी बहुउद्धेशीय परियोजनाको डिपिआरको लागि ४० लाख, बुल्दिखोला ताल सम्भाव्यता अध्ययन तथा डिपिआर निर्माणको लागी ३ लाख र कालीडाडाँ र पार्कको डिपिआर निर्माणको लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँनगर साझेदारी कोष संचालनका लागि १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर जोशीले बताइन ।
युवा लक्षित गाइभैसी प्रवर्द्धन कार्यक्रम ७५ प्रतिशत अनुदानको लागि १० लाख ५० हजार, युवा लक्षित भेडाबाख्रा प्रवर्द्धन कार्यक्रम ५० प्रतिशत अनुदानको लागि ४ लाख र युवा लक्षित गाइभैसी प्रवर्द्धन कार्यक्रम भुरा वितरणको लागि २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
व्यास नगरपालिकाको बजेटमा ढिडो पकाउने र गुन्द्रुक बनाउने तालिम देखि रागो र बोका खरिद सम्मलाई अनुदान
व्यास नगरपालिकाको बजेटमा परम्परागत शीप विकास तथा अन्तर पुस्ता शीप हस्तातरण तालिम अन्तर्गत बत्ति काट्ने, मसेउरा बनाउने, गुन्द्रुक
बनाउने, दुनाटपरी बुन्ने, ढिडो पकाउने तालिमको लागि ७ लाख, उन्नत प्रजनन रागो खरिदको लागि १ लाख २० हजार र उन्नत प्रजनन बोका खरिद गर्न २ लाख १० हजार विनियोजन गरिएको व्यास नगरपालिकाकी उपप्रमुख जोशीले बताइन ।
तर व्यास नगरपालिकाको बजेटमा बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरु लाई उद्योग तथा क-कारखाना सम्बन्धि शिपमुलक तालिमको लागि भने जम्मा ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
तनहुँमा श्रीमानले गरे अचानोले हानेर श्रीमतीको हत्या
तनहुँमा सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ
बन्दीपुर केबलकारको स्पष्टिकरणः नियमित सर्भिसिङ गरिएको हो, कुनै दुर्घटना र क्षती भएको छैन
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी