नेपालकी सन्तोषी बस्नेतले अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने हार्वर्ड हिरो २०१९ को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली हुन् ।
हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीसँगै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन् । सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् । उनको कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको स्यन्देर्स थियटर हलमा विश्वविद्यालयका प्रेसिडेन्ट लरेन्स एस बकवो ले सबै हार्वर्ड हिरोहरुलाई सम्मान तथा धन्यवाद दिंदै रात्री भोजको आयोजना गरेका थिए । काठमाडौं बत्तीसपुतली निवासी बुबा जनक मान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान उनी सन् २००६ देखि अमेरिकाको बोस्टन सहरलाई कर्मथलो बनाउँदै आएकी छन् ।
सन् २०१३ मा “जोन्सन एंड वेल्स विश्वविद्यालय“ रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्दछिन् । हार्वर्ड पढ्ने सपना पूरा नभएपनि त्यहाँ काम गर्न पाउँदा र उत्कृष्ट कर्मचारी ठहरिंदा असीमित खुशी मिलेको उनले सुनाइन् । ‘सबैको सपनाको विश्वविद्यालय रहेको हार्वर्डले प्रदान गरेको उपाधि पाउनु मेरो लागि मात्र नभएर सबै नेपालीका लागि खुशीको कुरा हो’– उनले भनिन् ।
पढ्नका लागि र अमेरिकामा टिक्नका लागि आफूले गरेको संघर्ष र मिहेनतको फल मिलेको सन्तोषीले सुनाइन् । उनले भनिन्–‘बाहिरबाट हेर्दा र सुन्दा अमेरिकाबारे जुन धारणा बन्छ, त्यो यहाँ आइसकेपछि फरक हुन्छ । यस्तोमा कडा मिहेनत र संघर्ष गर्न नसक्ने व्यक्ति टिक्न सक्दैन । म आफूलाई त्यस अर्थमा भाग्यमानी ठान्दछु ।’
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग, पूर्वअमेरिकी रास्ट्रपति बराक ओबामा, जर्ज बुश देखि राजा विरेन्द्र लगायत संसारका ख्याती प्राप्त व्याक्तिहरुले पठन पाठन गरेको विश्वविद्यालय हार्वर्ड हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु