शिक्षिकाको कुटाइबाट गोरखामा १० बर्षिय बालक घाइते

शिक्षिकाको कुटाइबाट गोरखामा १० बर्षिय बालक घाइते

गोरखा : गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्।

सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ। उनको ढाड, हातमा जताततै निलडाम छ। उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन्।

किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए। ‘पाँचौ पिरियड विज्ञान मिसको थियो। मिसले खै किताब भनेर सोध्नुभयो। मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ। देखाउन सकिनँ। अनि ढाँट्छस् भनेर कुट्न थाल्नुभयो।’

आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन्।  शिव उप्रेती/अन्नपूर्ण

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds