नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । पोखराका सडकमा पातलो मत्रामा निजी नम्बरप्लेटका सवारी साधन चलेपनि सार्वजनिक यातायात, व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने बन्द छन् । मुख्य सडकमा निजीसवारी साधन छिटफुट चलेका छन् ।
विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् । पोखराका विभिन्न स्थानमा बम तथा विष्फोटक पद्धार्थ राखेकाले नागरिक त्रसित छन् । विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।

पोखराको बिरौटा चोकमा भेटिएको बम
पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरीले जनाएको छ । पर्यटकीय सवारीसाधन, एम्बुलेन्स, पानीको ट्यांकर, दुधको गाडी भने चलेका छन् । निजी सवारी साधनको पहुचँ नभएका यात्रु हिडेरै गन्त्व्य पुग्न बाध्य भएका छन् ।

पोखराको नयाँ बजारअगाडि ॐ शान्तीको कार्यालय नजिकै बम भेटिएको दृश्य
गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएकोमा विरोधमा विरोध जनाउँदै आज बन्दको आह्वान गरेको हो ।

तस्बीर/सामाजिक सञ्जाल
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो