सूर्य तिमिल्सिना । नेपाल युवा परिषदको आयोजानामा गण्डकी प्रदेशमा हुन लागेको प्रदेश युवा सम्मेलनको तयारी तिब्र पारिएको छ । यहि असार १३ र १४ गते पोखरामा हुने प्रदेश स्तरीय युवा सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको सहभागिता रहने छ ।
गण्डकी प्रदेशमै पहिलो पटक हुन लागेको यो सम्मेलनमा १८ देखि २९ बर्ष समूहका करिब २ सय युवाको सहभागिता रहने नेपाल युथ काउन्सिल गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले जानकारी दिईन् । आयोजकका अनुसार युवा सम्मेलनमा युवा उद्यमशिलता,जलबायु परिबर्तन,युवा र राजनीति,युवा र दिगो बिकासका लक्षहरु,युथ एक्सचेन्ज लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।
साथै उक्त कार्यक्रममा प्रदेश नम्बर १ का करिब २ दर्जन युवा सहभागी हुने जनाइएको छ । पोखरा फेवा मार्ग स्थित शान्ति नगर बैंक्युटमा शुक्रबार बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्ने गरि युवा र पर्यटन बिषयमा समेत छलफल हुने छ ।
साथै उक्त सम्मेलनमा सामाजिक बिकास मन्त्रालय,उद्योग बन तथा बाताबरण मन्त्रालय लगायत अन्य संघ संस्थाको समेत सहकार्य रहेको छ । हाल सम्म ५२ वटा जिल्ला र सातै वटा प्रदेशमा आफ्नो सक्रिय उपस्थिति देखाइसकेको यो संस्थाले युवाहरुमा नेतृत्वदायी भूमिका बिकास गर्दै सामाजिक परिबर्तनमा युवा अग्रसरतालाई जोड दिंदै आएको छ ।
सम्बन्धित खबर
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो