काठमाडौँ- नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नचाहिने भए पनि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले एक सूचनामार्फत यो स्पष्ट पारेको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासले शनिबार जारी गरेको एक सूचनाअनुसार चीन, हङकङ, मकाउ र पाकिस्तानबाट भारतको बाटो हुँदै नेपाल आउन लागेका वा भारत आउँदै गरेका नेपालीले भारतको भिसा अनिवार्य रुपमा लिनुपर्नेछ।
त्यस्तै, भारतीय अध्यागन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकहरुले नेपाली राजदूतावासबाट नो अब्जेक्सन लेटर लैजानुपर्ने पनि भारतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
उक्त नो अब्जेक्सन लेटरका लागि ती देशमा जानुपर्ने कारणसहितको निवेदन, पासपोर्ट, भिसा र टिकट, श्रम स्वीकृति, यसअघिको यात्रा अभिलेख, अन्य आवश्यक कागजातहरुसहित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क राख्नुपर्नेछ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु