पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । असार ६ गते पनि स्थगन भएर आज मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएकोमा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको छ ।
बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बजेट वक्तव्यमा समावेश कतिपय कार्यक्रम विनियोजन विधेयकमा समावेश नभएको तथा कतिपय कार्यक्रम दोहोरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले असार ६ गतेको बैठक शुरु नै नगरी स्थगन गरेका थिए ।
सोे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो दिन सभामा प्रस्तुत गरेको विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ