पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकको जलविरे खण्ड एकतर्फी

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकको जलविरे खण्ड एकतर्फी

muglin-narayanghat

चितवन : पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको  छ । प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए ।

  पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले जानकारी दिए। बिहान करिब ७ बजेतिर खसेको पहिरोका कारण केही समय सडक पूरै अवरुद्ध भए पनि अहिले पहिरो पन्छाउदै एकतर्फी सञ्चालन भइरहेको जनाइएको छ ।  वर्खा लागेसँगै अघिल्लो वर्ष जस्तै यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्न थालेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ