अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।
अहिले नेल लगाएको तस्बिर सार्वजनिक भएपछि धेरै चर्चा भएको छ, तर मैले पाएको मानसिक यातनाको कुनै हिसाब छैन । म एउटा नागरिक हुँ र जनप्रतिनिधि हुँ । जनताले जिताएका छन् र सभामुखले शपथ खुवाएका छन् । तर, एउटा जनप्रतिनिधिलाई जेलमा राखिएको छ, नेल लगाइएको छ र दिसा–पिसाब गर्न जाँदा नेल खोलिदेऊ भनेर याचना गर्नुपरेको छ । यो सम्पूर्ण जनप्रतिनिधि र जनताको मतमाथि गरिएको अविश्वास हो ।
मैले प्रहरीका साथीहरूलाई यसो नगर्नुस्, कानुनको सम्मान गर्नुस् भनेको थिएँ । तर, उनीहरूले ‘ह्या ! ठोकिदिऊँ, यो को हो र ? जाबो कैदी त हो’ भनेर नेल लगाए ।
बाबुराम (भट्टराई)जी आउनुभयो, उहाँले तस्बिरसहित ट्विट गरिदिनुभयो । त्यसले एउटा जनमत बनायो । अहिले नेल हटाइएको छ । तर, हाम्रो राज्यको मानसिकता के हो ? सरकार र प्रशासनको अहं के हो भन्ने यसले स्पष्ट पारेको छ । यो विषयमा बोल्ने दायित्व मेरो मात्र होइन, मानवअधिकारको सम्मान गर्ने सबैको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र नरेश ज्ञवालीले लेखेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो