किरण श्रेष्ठ, तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमै विद्युत महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाईन काटेको छ ।
महशुल नबुझाउने ८ सय ५५ ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलिले बताए । वितरण केन्द्रले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म महशुल बुझाउन अटेर गरेका ग्राहकको लाइन काटेको हो ।
विद्युत महशुल संकलन विनियमावलि २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ्ग गरेको ७ दिन भित्र महशुल बुझाउने ग्राहकहरु लाई २ प्रतिशत छुट दिइन्छ भने देखि २२ औ दिन सम्म महशुल बुझाएमा बिल अनुसारको महशुल लाग्नेछ ।
६० औ दिनभन्दा बढिसम्म महशुल नतिर्ने ग्राहकको लाईन दैनिक रुपमा काटिएको बितरण केन्द्रले जनाएको छ । लाईन काटेर कारबाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन ।
बितरण केन्द्र तनहुँले चालु आर्थिक वर्षको जेठ मसान्त सम्म समयमा महशुल नबुझाउने ८ सय ५५ ग्राहकको लाइन काटि १ करोड ४१ लाख ३७ हजार ३ सय ५९ रुपैया बाकि बक्यौता असुल गरेको छ ।
लाईन काटिने मध्ये ७ सय ३७ ग्राहकले बक्यौता बुझाएको बितरण केन्द्र तनहुँले जनाएको छ । बक्यौता बुझाउने ग्राहकले लाईन पुन: जोडिएको बितरण केन्द्र तनहुँले जनाएको छ ।
१ सय २१ जना अनाधिकृत विद्युत उपभोक्ता लाई कारबाही
त्यस्तै गरि बितरण केन्द्र तनहुँले १२१ जना अनाधिकृत विद्युत उपभोक्ता लाई कारबाही गरेको छ । वितरण केन्द्रले उक्त कारवाहीबाट ६ लाख १ हजार ९८५ रुपैया रकम असुल गरेको छ । मिटर बाइपास गर्ने, मिटरमा पुरा खपत हुन नदिने, मिटरमा अन्य बस्तु प्रयोग गर्ने, मिटरको शिल तोड्ने /बिगार्ने लाई बितरण केन्द्रले कारबाही गएको हो ।
विद्युत चुहावट नियन्त्रण कार्य अन्तर्गत बन्द भएका/बिग्रेका मिटरहरु फेर्ने, मिटरको छड्के निरक्षण गर्ने, मिटर रिसिलिङ्ग कार्य गर्ने, ठुला ग्राहकको टि.ओ.डि. मिटरको खपत युनिट डाउनलोड गरि डाटा एनलाईसिस गर्ने कार्य बितरण केन्द्रले गरेको छ ।
यस आ.व मा करिब ३ सय ४१ वटा बन्द/बिग्रेको मिटर फेरिएको छ भने करिब १ हजार १ सय ४९ वटा ग्राहकको मिटर रिसिलिङ्ग तथा करिब १२ सय ग्राहकको मिटर छड्के निरिक्षण गरिएको बितरण केन्द्र तनहुँले जनाएको छ ।
विद्युत चुहावट घट्यो
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत चुहावट घटाउन उल्लेख्य सफलता प्राप्त गरेको छ ।
गत २०७४ साउन महिनामा भएको २४.८८ प्रतिशत विद्युत चुहावट २०७५ जेठ महिनामा आउदा ७.६८ प्रतिशतमा राख्न वितरण केन्द्र तनहुँ सफल भएको छ ।
विद्युत चुहावट नियन्त्रणमा कडाई गरी संगै विद्युत चुहावट घटेको हो । तथा ट्रान्सफरमर थप्ने, ट्रान्सफरमरको क्षमता बढाउने, तार थप्ने, तार अपग्रेड गर्ने तथा नया लाईन बिस्तार गर्ने, पुरानो नाङ्गो तार लाई नयाँ कालो तारले फेर्ने कार्यले गर्दा विद्युत चुहावट घटाउन सहज भएको वितरण केन्द्र तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते