श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा पहिलोचोटी बस पुगेको छ । डुम्रे–बेसीशहर सडकखण्डमै पर्ने रामदी पेट्रोलपम्पदेखी कटहरबोटे हुँदै बलिथुम बरबोटसम्मको सडक स्तरोन्नती भएसंगै शुक्रबार ग १ ख ४००७ नम्बरको बस पहिलोचोटी गाउँ पुर्याइएको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले रामदीमा रिवन काटेर बस सेवा शुभारम्भ गरेका हुन् । रामदीदेखी बलिथुमसम्मको दूरी झण्डै ४ किलोमिटर रहेको छ ।
यस ग्रामीण सडकको स्तरोन्नतीका लागि सुन्दरबजार नगरपालिकाले गत आर्थिक वर्ष र यस चाुल आर्थिक वर्षमा गरी १३ लाख ३५ हजार रुपैयाँ बजेट सहयोग गरेको सडक उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले जानकारी दिए ।
सुविधाको खोजीमा गाउँ छोडी बलिथुमबाट अन्यत्र बसाइ सरी जानेको संख्या बढ्दै गएको सुन्दरबजार नगरपालिका–८, का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले बताए ।
विस्तारै गाउँमा पूर्वाधारको विकास गरिदैँ लगिएको र गाउँ छोडी अन्यत्र गएका पनि गाउँमा फर्किनसक्ने उनको भनाइ छ। गाउँमा पहिलोचोटी बस आउँदा स्थानीय भने दंग छन् ।
उनीहरुले जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, बस चालकलाई स्थानीयले फूलमालाले सम्मानित गरेका थिए । गाउँसम्म बस आउँदा एकदमै खुशी लागेको स्थानीय गिरबहादुर विकले बताए ।
‘गाउँमा बस आउँदा हामी सबै एकदमै खुशी छौँ । निरन्तर बस चलोस भन्ने हाम्रो चाहना छ,’ उनले भने । निरन्तर यातायातको सेवा सञ्चालनका लागि बाटोको स्तरोन्नतीका लागि सम्वन्धित नियकाले दिल खोलेर सहयोग गरोस् भन्ने आफुहरुको चाहना रहेको स्थानीय लोक गिरीले बताए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की